stcnepal long ad
ime life insurance
global ime bank long

अनाधिकृतरुपमा सामानहरु बिक्री वितरण – परेली आर्युवेद हाउस सिलबन्दी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

भक्तपुर । अनुमति प्राप्त गरेको भन्दा भिन्न किसिमका कस्मेटिक चिज बस्तुहरुको उत्पादन, प्याकिङ, लेवलिङ लगायतका कार्यहरु गरी अनाधिकृतरुपमा सामानहरु बिक्री बितरण गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका (३ बालकोट स्थित ‘परेली आर्युबेद हाउस’ बिहीबार सिलबन्दी गरिएको छ ।
उक्त आर्युबेद हाउसले अनाधिकृत रुपमा सामानहरु बिक्री बितरण गरी रहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुर र औषधी ब्यवस्था विभाग बिजुलीबजार काठमाडौंबाट खटिएको संयुक्त टोलीले जनप्रतिनिधिहरुको रोहबरमा परेली आर्युबेद हाउसको उत्पादन, प्याकिङ लेवलिङ साथै स्टोर गरेको कोठाहरु र मुख्य प्रवेशद्वार समेतमा सिलबन्दी गरेको हो ।
हर्बलजन्य बस्तु उत्पादन गर्ने उद्देश्यका लागि मात्र दर्ता गरेको उक्त आर्युबेद हाउसले अनाधिकृत रुपमा साबुन, बिभिन्न ब्राण्डका क्रिम, कपालमा लगाउने तथा मसाज गर्ने तेल, लोसन लगायतका कस्मेटिक सामानहरुको उत्पादन, प्याकिङ तथा लेवलिङ लगायतका कार्यहरु गरेको पाइएको थियो ।
साथै उक्त उद्योगकी सञ्चालिका काभ्रेपलाञ्चोक घर भएकी ३६ वर्षीया कमला उप्रेती अर्याल सँग आवश्यक सोधपुछ तथा सम्बन्धित बिभाग र निकायहरुसँग समन्वय गरी यस सम्बन्धमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

prabhu mahalaxmi
kumari