stcnepal long ad
global ime bank long

कोरोना उपचार कोषमा ‘यती समूह’ को एक करोड सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडौँ । ‘यती समूह’ ले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आज उक्त नगद सहयोगको चेक हस्तान्तरण गरेको कम्पनीले विज्ञप्ति मार्फत जनाएको हो । कोभिडको विश्वव्यापी महामारी फैलिरहेको र नेपालमा पनि जोखिम बढेको अवस्थामा सरकारले जनताको जीवनरक्षाका लागि चालेको कदमलाई साथ दिनु राष्ट्रिय व्यावसायिक समूहको कर्तव्य हो भन्दै यती समूहका लगानीकर्ताका तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यती समूहले कोभिडका कारण व्यवसाय ठप्प हुनुका साथै अर्थतन्त्र ओरालो लागेको अवस्थामा व्यवसायभन्दा पनि देश र जनताका पक्षमा यती समूह अभिएको जनाउँदै यस्ता सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

कम्पनीले महामारी न्यूनीकरण तथा रोकथाम गर्ने महाअभियानमा आफ्नो तर्फबाट गरिएको सानो सहयोग फलदायी हुने पनि विश्वास लिएको छ । रासस

IME Lifesidebar
kumari