stcnepal long ad
global ime bank long

ओमानका नेपाली सुरक्षित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडौँ । कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ ।

कोरोना भाइरसबाट आजसम्म ओमानमा ४५७ सङ्क्रमित भएको तथा दुईको मृत्यु र ७१ जना स्वास्थ्यलाभ गरी घर फर्केका छन् । कोरोनाबाट विभिन्न मुलुकका नौ नेपालीको ज्यान गइसकेको छ भने १०० भन्दा बढी नेपाली कोरोनाको सङ्क्रमणको चपेटामा परेका छन् । यही चैत २८ देखि आगामी वैशाख १२ गतेसम्म ओमान सरकारले लकडाउन गर्ने तयारी गरेको भन्दै दूतावासले उक्त समयमा अत्यावश्यक बाहेक कुनै पनि काममा घर बाहिर ननिस्कन त्यहाँका सबै नेपालीमा आग्रह गरेको छ ।

ओमानमा रहेका तथा बिदामा नेपाल आएका नेपालीको भिसाको म्याद समाप्त भए अनलाइनबाट भिसा थप गर्ने व्यवस्था मिलाएको दूतावासले जनाएको छ ।

बहराइनमा कन्सुलर सेवा स्थगन

बहराइनमा कोरोना सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएसँगै मनमास्थित नेपाली दूतावासबाट प्रदान हुँदै आएको कन्सुलर सेवा तत्कालका लागि स्थगन गरिएको छ । दूतावासले बिहीबार सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि कन्सुलर सेवा स्थगन गरिएको जनाएको हो ।
अत्यावश्यक अवस्थामा कन्सुलर सेवा लिन परेमा दूतावाससँग समय लिई एक जनामात्र उपस्थित भएर सेवा लिन सकिने बताइएको छ । रासस

IME Lifesidebar
kumari