citizens life insurance long ad
stcnepal long ad

पेट्रोलियम पदार्थको मूल्य बढे ,पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि

पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढेर आए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ ।

आज बिहिबार आईओसीले (जून १६) मा पठाएको मूल्य सूची अनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ ।

 

निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढेर आएको छ ।

‘नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन आन्तरिकमा २ रुपैयाँ ७० पैसा घाटा छ,’ उनले भने, ‘जून १ को मूल्य अनुसार ग्यासमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा छ ।

हवाई इन्धन अन्तर्राष्ट्रिय र मट्टितेलमा केही नाफा भए पनि समग्रमा १५ दिनको घाटा ४ अर्ब ८१ करोड पुगेको छ ।’

IME Life
kumari