citizens life insurance long ad
stcnepal long ad

चिनीको मूल्य वृद्धिपछि विभागले उद्योगीहरुसँग छलफल सुरू

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चिनीको मूल्य बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चिनी उद्योगीहरुसँग छलफल गर्न सुरू गरेको छ । यसअघि बारम्बार पत्रमार्फत् चिनीको मूल्य बढाउनुको कारण माग गर्दै आएको विभागले चित्त बुझ्दो जवाफ नपाएपछि भौतिक रुपमै बोलाएर छलफल गरेको बताइएको छ ।

बिहीबार विभाग र उद्योगीहरुबीच छलफल भएको थियो । छलफलमा उद्योगीहरुले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि र यसले उत्पादनसँगै ढुवानी लागत बढ्दा चिनीको मूल्यवृद्धि भएको धारणा राखेका छन् ।

 

 

भारत सरकारले निर्यातमा प्रतिवन्ध लगाएको केही दिनमा नै नेपालमा प्रतिकिलो २० रुपैयाँसम्म चिनीको मूल्य बढेको छ ।

विभागले गरेको बजार अनुगमका क्रममा प्रतिकिलो १५ रुपैयाँदेखि २० रुपैयाँसम्म चिनीको मूल्य बढेको पाइएको छ ।

विभागका महानिर्देशक लिलाप्रसाद शर्माले उद्योगीहरुले चिनीको मूल्यवृद्धि हुनुको विभिन्न धारणा दिएपनि आफुहरुलाई चित्त नबुझेको बताएका छन। भारतले निर्यातमा रोक लगाएपछि नेपाली बजारमा चिनीको मूल्य उच्च भएको विभागलाई गुनासो आएको थियो, विभागले आएको गुनासोका आधारमा चिनी उत्पादकहरुसँग छलफल समेत गरेको छ, छलफलका क्रममा उत्पादन लागतमा बृद्धि हुँदा चिनीको मूल्य बढेको उत्पादकले बताएका छन, जसलाई विभागले उचित मानेको छैन ।

विभाग स्रोतका अनुसार अब विभागले उद्योगीहरुले मूल्य बढाउनुको कारण आपूर्ति मन्त्रालयले पनि खोज्नेछ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रायलसँग सहकार्य गरेर अध्ययन गर्ने भएको छ ।

छलफलमा चिनी उत्पादकले फ्याक्टीबाटै प्रतिकिलो ९३.८३ रुपैयाँमा चिनी बिक्री हुने गरेको भन्दै ढुवानी तथा खुद्रा व्यवसायीले नाफा राख्दा चिनीको मूल्य बढेको चिनी उद्योगीहरुले बताएर आफू उम्किन खोजेका छन ।

यस्तै, चिनी उत्पादक संघका उपाध्यक्ष राजकुमार अग्रवालले उत्पादन लागत बढ्दा चिनीको मूल्य बढेको बताएका छन् ।

भारत सरकारले चिनी निर्यातमा रोक लगाए पनि नेपाली बजारमा चिनीको अभाव नरहेको भन्दै विभिन्न कारणले मूल्यवृद्धि भएको बताइएको छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य निरन्तर रुपमा बढ्दा चिनी उत्पादनदेखि ढुवानीमा समस्या भएको छ, ढुवानीको मूल्य बढ्दा चिनीको मूल्य बढ्न गएको बताइएको छ। उद्योगसँग पर्याप्त मात्रामा चिनीको मौज्दात छ, अभाव हुँदैन उद्योगीहरूको दाबी छ।

चिनी उत्पादक संघको तथ्यांक अनुसार नेपालमा वार्षिक २ लाख ७५ हजार मेट्रिक टन चिनीको माग रहेकोमा आधा नेपालकै उत्पादनले धान्दै आएको छ । नेपालमा १० वटा चिनी उद्योगले चिनी उत्पादन गर्दै आएका छन् ।

स्वदेशी उद्योगले मात्रै वार्षिक १ लाख ३० हजार मेट्रिकटन चिनी उत्पादन गर्ने गर्दछन। भारतले निर्यातामा रोक लगाउँदा नेपालमा खासै असर नपर्ने संघले जनाएको छ । संघको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा मात्रै नेपालका चिनी उद्योगले ३ लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन गरेका छन् ।

स्वदेशी चिनी उत्पादन सँगै चालु आर्थिक वर्षको दश महिनामा नेपालले विभिन्न देशबाट ४ अर्ब ८३ करोड रुपैयाँ बढीको चिनी आयात गरेको छ । उत्पादनसँगै आयातीत चिनीको परिमाणमा समेत बृद्धि हुँदा अभाव नहुने व्यवसायीहरुको भनाई छ ।

नेपालले चालु आर्थिक वर्षको दश महिनाको अवधिमा भारतबाट मात्रै साढे २५ करोड ६५ लाख ३६ हजार रुपैयाँ बराबरको ७६ लाख ९ हजार किलो चिनीको आयात गरेको हो ।

भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै यसअघि खुद्रा बजारमा ९० रुपैयाँसम्म पाइने चिनी केही दिनयता ११० रुपैयाँ पर्ने गरेको छ ।

खुद्रा व्यवसायीहरुले भारतले निर्यातमा रोक लगाएसँगै चिनी उद्योगीले किलोमै २० रुपैयाँले मूल्य बढाएको जनाएको छ । उत्पादक र ठूला व्यापारीले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव सिर्जना भएको छ ।

पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको खुद्रा व्यापारीको भनाइ छ ।

 

IME Life
kumari