stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल बैंकले भोलि शुक्रबार र आइतबार सबै शाखा खोल्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार

काठमाडौं । नेपाल बैंक लिमिटेडले भोलि शुक्रबार र आगामी साताको पहिलो दिन आइतबार सबै बैंक शाखा खोल्ने भएको छ । तेस्रो त्रैमासको अन्तिम भएकले बैंकले शुक्रबार २८ गते र ३० गते आइतबार सबै शाखा खोल्न लागेको हो । आज बिहीबार भने बैंकले ९६ वटा शाखाबाट सेवा उपलब्ध गराइराखेको छ ।

ग्राहकहरूको आवत जावत कम भएपनि स्थानीय रुपमै बैंकहरूले सेवा उपलब्ध गराइराखेका छन् भन्ने सकारात्मक म्यासेज दिनको लागि हामीले ग्राहकको आवश्यकता हेरेर बैंक शाखा खोलेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले बताए । ‘ग्राहको आवश्यकता हेरेर हामीले शाखा खोल्ने काम गरिरहेका छौ,’ अधिकारीले भने ।  ‘यो लकडाउनको अवधिमा कारोबार पनि अत्यन्त न्यून छ ।’

लकडाउन यता बैंकले अत्यावश्कीय शाखाहरूबाट ग्राहकहरूलाई सेवा दिँदै आएको छ । शुक्रबार र आइतबार तेस्रो त्रैमासको अन्तिम भएकोले दुई दिन भने सबै शाखा खोल्न लागिएको हो ।’ अन्य समयमा भने महामारीको अवस्था र ग्राहकको आवश्यकता अनुसार शाखा खोल्ने छौ ।’

सेफ जोनमा बसेर अहिले पनि न्यूनतम साथीहरू आएर बैंकले नियमित नगरी नहुने काम गरिनै रहेको छ । धेरै ग्राहकलाई घरमै बसेर सेवा लिनुस् भनिएको छ । तर, बैंकका सबै ग्राहक डिजिटल पोर्टलमा अव्यस्त नभइसकेकाले अवस्थाले पनि न्यूनतम बैकिङ सेवा दिनुपर्ने अवस्था भने नेपाल बैंकको रहेको अधिकारीले बताए ।

बैकिङ सेवालाई चुस्त बनाउन तथा छिटो जिम्मेवारी वहन गर्न बैंकले तीन जना सिनियर टिम नै बनाएर ग्राहकलाई सेवा दिइरहेको छ । नेपाल बैंकको देशभर एक सय ७८ शाखा छन् । लकडाउनको यो अवधिमा दैनिक रुपमा आवश्यकीय शाखा खोलेर बिहान ११.०० बजेदेखि दिउँसो १.०० बजेसम्म सेवा सञ्चालन गरिरहेको छ ।

देशको जेठो बैंक भएकोले पुराना ग्राहकहरू हुनुहुन्छ । उहाँहरू मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, आईपीएस, सुविधाहरू लिन नजान्ने हुनुहुन्छ । उहाँहरू पनि भरसर एटीएमबाट सेवा लिन भनिएको छ । सो कारण उहाँहरूकै लागि भएपनि हामीलाई शाखा खोल्नु पर्ने बाध्यता छ,’ उनले भने ‘हामीले निक्षेप संकलन तथा भुक्तानी, एलसी ग्यारेन्टी बस्नेदेखि सरकारी कामकारवाहीहरू निरन्तर रुपमा गर्दै आएको बैंकले जानकारी दिएको छ ।

prabhu mahalaxmi
kumari