citizens life insurance long ad
stcnepal long ad

निजामती अस्पताल ‘रिफर अस्पताल’को रूपमा विकास गर्ने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । निजामति कर्मचारी अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्ने तयारी गरिएको छ । अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. विधान निधि पौडेलले अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्न थालिएको जानकारी दिनुभयो ।

अस्पतालको सेवा सुविधालाई सातवटै प्रदेशमा विस्तार गरेर निजामती अस्पताललाई रिफर अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको छ । उहाँका अनुसार प्रदेश तहमा रहेका सङ्घ र प्रदेश सरकार अस्पतालसँग सम्झौता गर्ने र निजामती कर्मचारी अस्पतालको जस्तै विशिष्टकृत सेवा उपलब्ध गराउने छ ।

 

 

उहाँले अस्पतालले सातवटै प्रदेश तहमा नै निजामती कर्मचारी र सर्वसाधारणलाई उपचारको व्यवस्था गर्ने र त्यहाँ उपचार हुन नसकेका बिरामीको उपचार मात्र निजामती अस्पतालमा गर्ने बताउनुभयो ।

“काठमाडौँ आउनुनपर्ने गरी हामीले प्रदेश तहमा रहेका अस्पतालमा नै यहाँ हुने स्वास्थ्य सेवा उपलब्ध गराउने तयारीमा रहेका छौँ”, उहाँले भन्नुभयो, “समायोजन भएर गएका कर्मचारी पनि प्रदेश तह र स्थानीय तहमा यहाँकै जस्तो उपचार पाएर खुसी हुने छन् । त्यहाँ उपचार हुन नसकेका बिरामीलाई मात्र निजामती अस्पतालमा उपचार गरिने छ ।”

प्रदेश तहकै अस्पतालले निजामति कर्मचारी अस्पतालजस्तो सेवा सुविधा उपलब्ध गराउने भएपछि कर्मचारी र सर्वसाधारणलाई काठमाडौँ आउन झन्झट हट्ने उहाँको भनाइ छ । क्यान्सर, मिर्गौलाजस्ता अतिविशिष्टकृत सेवा भने निजामती अस्पतालले उपलब्ध गराउने छ ।

अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले यसै वर्षदेखि सात प्रदेशमा रहेका सुविधायुक्त अस्पतालसंँग सम्झौता गरेर सेवा दिने तयारी गरेको बताउनुभयो । उहाँका अनुसार अस्पतालले कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशसँग छलफल अगाडि बढाइसकेको छ ।

प्रदेशस्तर निजामती कर्मचारी उपचार कार्यविधि ल्याएर अस्पतालले सातै प्रदेशका अस्पतालसंँगको समन्वयमा कर्मचारीको उपचार गर्नेछ ।

निर्देशक डा. पौडेलले अस्पतालमा आएका बिरामी कुनै पनि विशिष्टीकृत स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर विशेषज्ञ अस्पताल बनाउन थालिएको बताउनुभयो । उहाँले अस्पताल आएका बिरामीलाई सिधै विशिष्टकृत चिकित्सकले स्वास्थ्योपचार गर्ने गरेको बताउनुभयो ।

अत्याधुनिक आइसियु

विशेषज्ञतायुक्त बनाउनका लागि अस्पतालले १६ शय्याको अत्याधुनिक सघन उपचार कक्षका ‘मोडुलर इन्सेटिभ केयर युनिट’ बनाउन थालेको छ ।

एक शय्याबाट अर्को शय्यामा सङ्क्रमण जान नपाउने गरी उक्त ‘मोडुलर इन्सेटिभ केयर युनिट’ बनाउन थालिएको उहाँले बताउनुभयो । एउटा अत्याधुनिक सघन उपचार कक्ष ९आइसियु० बनाउनका लागि रु एक करोड खर्च हुनेछ ।

“सोही प्रकारको आइसियुमा उपचार गरेबापत निजी अस्पतालले एक दिनको रु एक लाख ५० हजारसम्म लिने गरेका छन्”, निर्देशक डा पौडेलले भन्नुभयो, “तर हामी बढीमा रु १० हजारमा सेवा दिन्छौँ ।”

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग रहेको रकमले उक्त आइसियु बनाउन थालिएको हो । उहाँका अनुसार छ महिनाभित्र निर्माण कार्य सकेर आइसियु सञ्चालनमा आउने छ ।

यस्तै रेडियो थेरापी सेवा पनि चाँडै नै सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको छ । आगामी छ महिनाभित्र सर्वसाधारणले रेडियोथेरापी सेवा पाउने उहाँको भनाइ छ ।

निजामती सेवाका नायबसुब्बाभन्दा तलका कर्मचारीले ५० प्रतिशत र अधिकृतदेखि माथिका कर्मचारीले ४० प्रतिशत उपचारमा यहाँ छुट पाउँछन् । अहिले अस्पतालमा ४० प्रतिशत निजामती र ६० प्रतिशत सर्वसाधारण उपचार गर्न आउँछन् ।

यस्तै निजामती कर्मचारीलाई लक्ष्य गरेर खोलिएको निजामती अस्पतालमा सर्वसाधारणको आकर्षण बढेपछि स्वास्थ्य क्षेत्रको अतिविशेषज्ञता अस्पताल ९सुपर स्पेसियालिटी केन्द्र० का रूपमा विकास समेत गरिने अस्पतालका निर्देशक डा. पौडेलले बताउनुभयो । विशिष्टकृत सेवा दिनका लागि अस्पतालले एमआरआई खरिद प्रक्रियासमेत अगाडि बढाएको छ ।

सबै किसिमको विशेषज्ञ सेवासहितको अस्पताल बनाउन क्षमता पनि विस्तार गरी एक हजार शय्या पु¥याइने लक्ष्य लिइएको छ ।

सर्वसुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले निजामती कर्मचारीदेखि सर्वसाधारणलाई साधारण उपचारदेखि विशेषज्ञ सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउँदै आइरहेको छ । अस्पतालमा हाल १३२ शय्या भएकामा निकट भविष्यमा चाहिँ थप २३१ शय्या थपिने छ ।

IME Life
kumari