stcnepal long ad
ime life insurance
global ime bank long

एम्बुलेन्सका चालक पक्राउ नक्कली बिरामी बनाई यात्रु बोकेको अभियोगमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल चैत्र २४, २०७६ सोमबार

रामेछाप । मन्थली नगरपालिका-६ बाट प्रदेश ३-०१-०२२ च २१६३ नम्बरको एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अभियोगमा उक्त एम्बुलेन्सका चालक गोकुलगंगा गाउँपालिका-६ फर्पु बस्ने बुद्ध तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)  को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको  लकडाउनको समयमा तामाङले उक्त एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अवस्थामा फेला पारी प्रहरी चौकी सेलेघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari