stcnepal long ad
ime life insurance
global ime bank long

खाद्य सामग्रीभित्र लुकाइछिपाई ल्याएको मदिरा सहित पक्राउ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल चैत्र २४, २०७६ सोमबार

सिन्धुपाल्चोक ।  बाह्रबिसे नगरपालिका-९ राम्चे बजारबाट खाद्य सामग्रीभित्र लुकाइछिपाई ल्याएको रोज नामको १५ कार्टुन र गोल्डेन ओक १ कार्टुन मदिरा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भोटेकोशी गाउँपालिका-४ बस्ने मोहन प्रधान र बा. ११ च ५३८१ नम्बरको बलेरोका चालक सोही ठाउँ बस्ने गणेश प्रधान रहेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)  को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको निर्णयलाई अवज्ञा गरी उक्त बलेरोमा लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा उक्त मदिरा सहित ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari