खाद्य सामग्रीभित्र लुकाइछिपाई ल्याएको मदिरा सहित पक्राउ
आर्थिक सञ्जाल चैत्र २४, २०७६ सोमबार
सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका-९ राम्चे बजारबाट खाद्य सामग्रीभित्र लुकाइछिपाई ल्याएको रोज नामको १५ कार्टुन र गोल्डेन ओक १ कार्टुन मदिरा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भोटेकोशी गाउँपालिका-४ बस्ने मोहन प्रधान र बा. ११ च ५३८१ नम्बरको बलेरोका चालक सोही ठाउँ बस्ने गणेश प्रधान रहेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको निर्णयलाई अवज्ञा गरी उक्त बलेरोमा लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा उक्त मदिरा सहित ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।