१९० वटा गाडी उपत्यका भित्रिए

आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार
काठमाडौं । चैत २२ गते बेलुका ६ बजेदेखि २३गते बिहान ६ बजेसम्म नागढुङगा नाका भई उपत्यका भित्रीएका गाडीहरुमा ग्यास गाडी २२ वटा (जम्मा १२५९० सिलिन्डर), ग्यास बुलेट ४ वटा, पेट्रोलका १ वटा, डिजेल ३, चामल बोकेका २३ वटा, औषधि ७ वटा, फलफुल १४ वटा, दुध १७ वटा, अक्सिजन ४, तरकारी २७, अण्डा १०, कुखुरा ५, दाल १२, नुन ७, चिनि ५, मैदा ५, गहु ६, धान ४, घ्यू तेल ७ र भुष २ लगायतका अत्याबश्यक सामाग्री बोकेका ८६ पिक अप भ्यान र १०४ वटा माल बाहक गाडी गरि १९० वटा सवारी साधन भित्रीएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।