stcnepal long ad
global ime bank long

नि:शुल्क खाद्य सामग्री वितरण अभियान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २२, २०७६ शनिबार

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको यस बिषम् परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको बिशेष पहल एवं बिभिन्न बैंकहरुसंगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत आज पाचौ दिन नेपाल बाल संगठन (बालमन्दिर) नक्सालमा आश्रित १०० जना बालबालिका, नेपाल बाल संगठन (वाल मन्दिर) सिफलमा आश्रित १०० जना, नि: सहाय सेवा सदन रहेका ३६ जनावृद्ध वृद्धाहरु, Future Hope Nepal गोठाटारमा संरक्षित २२ जना बालवालिकाहरू,श्रृजनशील बाल सेवा परिवारमा आश्रित १८ जना, नेपाल स्नेही काख एकान्तकुनामा आश्रित ७५ जना, पिडित सेवा संघमा रहेका ९ जना,New Beginners Children Home काडाँघारीमा रहेका १० जनालाई महानगरीय प्रहरी कार्यालयका प्रमुख  प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण गर्नु भयो ।

मुलुक लकडाउनको यस बिषम् परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु(चोरी, डकैति, हत्या, हिंसा,ठगी) रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले यस अभियानलाई लक डाउन अवधिभर विहान ९ बजे देखि साझँ ६ बजे सम्म निरन्तर संचालन गरिने समेत महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बताउनु भयो ।

साथै यस अवधिभर उपत्यकामा अवस्थित कोहि कसैले खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनुहुन समेत प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले अनुरोध गर्नु भयो ।

 

 

 

IME Lifesidebar
kumari