stcnepal long ad
global ime bank long

हार्दिक अपिल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार
काठमाडौँ । आज विश्वनै काेरेानाजन्य महामारी( काेभिड-१९ )सङ्ग लडिरहेकाे र नेपाल लगायत विश्वका दुइ सय भन्दा बढी देश यसकाे चपेटामा परेका छन्।
नेपालमा लकडाउन शुरु गरिएकाे करिब दुई साता हुन लागेकाे छ।आजका दिनसम्म आइपुग्दा नेपालमा सङ्क्रमितहरुकाे सङ्ख्या नौ पुगेकाे छ र अहिले देश गम्भीर स्थितिमा छ।सरकारी भनाइ अनुसार पनि देश अहिले सङ्क्रमणकाे दाेश्राे चरणमा प्रवेश गरेकाे छ,जुन राेग बिस्तारकाे खतरनाक चरण हाे।याे अवस्थामा कर्णाली प्रदेश राेगकाे उच्च जाेखिममा देखिएकाे छ।
लकडाउन घाेषणा भैसकेपछि हजारौँ प्रदेशवासी नागरिक भारत र अन्यत्र देशबाट घर फर्केका छन् र उनीहरुकाे सङ्ख्या एकिन हुन नसकेकाे अवस्था छ।
सर्वप्रथम उनीहरुकाे पहिचान ,निगरानी र परिक्षण आवश्यक छ। यस बिषयमा हामी कर्णाली प्रदेश सरकारकाे ध्यानाकर्षण गर्न चाहान्छौ। सरकाले राेग नियन्त्रण,उद्धार ,उपचार र राहतका लागि केही कदमहरुकाे घाेषणा त गरेकाे छ ,तर ती कदमहरु पर्याप्त छैनन् र तिनलाइ व्यवहारमा लागु गर्न थप जनदबावकाे आवश्यकता छ।सिमा क्षेत्रमा अलपत्र नागरिककाे उद्धार र व्यवस्थापन,परिक्षणकाे दायरा फराकिलो पार्न र श्रमजीवी नागरिककाे छाकबासकाे ब्यवस्था मिलाउन प्रदेश सरकार सङ्ग माग गर्दछौ।साथै आम नागरिकले पनि लकडाउन र सरकारद्वारा निर्देशन गरियका स्वास्थसम्बन्धी नियमहरुकाे पूर्णपालनाकाे निम्ति आग्रह गर्दछौ।सामाजिक दुरी कायम गरेर मात्र याे महामारीबाट बच्न सकिन्छ।
यस्ताे अवस्थामा सरकार जिम्मेवार नबन्ने हाे भने काेराेनाजन्य महामारी र त्यसले पैदागर्ने समस्या झन् जटिल बन्दै गई कर्णाली प्रदेश उम्किनै नसक्ने सङ्कटमा फस्ने कुरा निश्चित छ।
याे स्थितिमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले कर्णाली प्रदेश सरकारलाई जिम्मेवार भएर पेश हुन र आम नागरिकलाई सम्भावित सङ्कटबाट जाेगाउन एकिकृत दृष्टिकोणका आधारमा काेराेनाजन्य महामारीका बिरुद्ध रणनीति र कार्ययाेजना तयार गरी अघि बढ्न अनुराेध गर्दै आम जनसमुदाय पनि सचेत र सजग हुँदै महामारी बिरुद्ध एकताबद्ध भएर लड्न हार्दिक अपिल गर्दछ ।
चक्रपाणि शर्मा सचिव /ईन्चार्ज,नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेश समिति मिति २०७६ चैत २३

IME Lifesidebar
kumari