stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

घरेलु मदिरा ओसारपसार गर्ने व्यक्ति पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २२, २०७६ शनिबार
काठमाडौं । लकडाउनको अवस्थामा घरेलु मदिरा ओसारपसार गर्ने ललितपुर सानेपा घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१० सतुंगल बस्ने  सुनिल महर्जनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका– १२ गुर्जुधारामा थानकोटदेखि कलंकीतर्फ जाँदै गरेको बा. ३८ प ९१४७ नम्बरको मोटरसाइकलमा २२ लिटर घरेलु मदिरा ओसारपसार गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले फेला पारी चालक महर्जनलाई पक्राउ गरेको हो ।
महर्जनलाई बरामद मोटरसाइकल र घरेलु मदिरा सहित आवश्यक कानूनी कार्वाहीको लागि आन्तरिक राजश्व कार्यालय कलंकी पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

prabhu mahalaxmi
kumari