stcnepal long ad
ime life insurance
global ime bank long

दक्षिण अफ्रिकाका बाढी पीडितलाई नेपालद्धारा खाद्यान्न र लत्ताकपडा सहयोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दक्षिण अफ्रिकामा वैशाख पहिलो साता आएको बाढी–पहिरोमा परेकालाई नेपालले सहायता गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रेटोरियास्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रमबिच बाढी(पहिरो पीडितका लागि खाद्यान्न र लत्ता कपडा सहयोग गरिएको हो।

दूतावासका उपप्रमुख ज्ञानबहादुर मगरले दक्षिण अफ्रिकाको सामाजिक विकास विभागकी उपप्रमुख क्याथे मातामेलालाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै नियोग उपप्रमुख मगरले बाढी पहिरोमा परी ज्यान गुमाउनेप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

२०७२ को महाभूकम्पमा अफ्रिकाबाट नेपाललाई आएको सहयोगको स्मरण गर्दै उनले अहिलेको सहयोग एक मित्रका लागि अर्को मित्रका तर्फबाट भएको बताए।

विभागकी उपप्रमुख मातामेलाले आवश्यक परेका बेला सहयोग गरेकोमा नेपाल र दक्षिण अफ्रिकास्थित नेपाली समुदायलाई आभार व्यक्त गरिन्। नेपालले दिएको सहयोगमा चामल, पिउने पानी, ब्लांकेट, तेल, दूध, जुसलगायत दैनिक उपभोग्य वस्तु छन्।

वैशाख पहिलो साता दक्षिण अफ्रिकाको क्वाजुलु(नातान प्रान्तलगायत ठाउँमा आएको बाढीको बाढी पहिरोमा परी ४३५ जनाले ज्यान गुमाएका थिए भने लाखौँ मानिस विस्थापित भएका छन्।पछिल्लो समय नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाएको थियो।

prabhu mahalaxmi
kumari