stcnepal long ad
global ime bank long

कोभिड-१९ बारे सूचना तथा जानकारी दिन ‘नेपाल पुलिस मोबाइल एप’ को प्रयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल चैत्र २१, २०७६ शुक्रबार

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा देखिएको कोराना भाइरस (कोभिड-१९) बारे सूचना तथा जानकारी दिन नेपाल प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ ।

घरेलु हिंसा, अपहरण, लागूऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यान सम्बन्धी, हातहतियार तथा बिस्फोटक पदार्थ लगायत अन्य विविध घटना बारेमा प्रयोगकर्ताहरुबाट जानकारी प्राप्त गर्न सकिने Nepal Police Mobile app संचालनमा रहेको छ ।

हाल उक्त एपलाई अपडेट गरेर कोरोना भाइरसको संक्रमणको कारण लागेको रोग COVID-19 बाट उत्पन्न भएको विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी लकडाउनको अवस्थामा लकडाउनको उल्लंघन भएमा, कालोबजारी भएमा, आफु वा छर छिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा तथा सेल्फ क्वारेन्टाइनमा रहेको सूचना, जानकारी एप मार्फत दिन सकिने छ ।

गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट आफ्नो स्मार्ट फोनमा उक्त एप डाउनलोड गरी कोभिड-१९ सम्बन्धी सूचना एवं जानकारी दिन सकिनेछ ।

IME Lifesidebar
kumari