stcnepal long ad
ime life insurance
national life
global ime bank long

काम कारवाहीहरुको वारेमा जानकारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

 

आर्थिक सञ्जाल चैत्र २१, २०७६ शुक्रबार

काठमाडौं ।  कोरोना भाईरस (COVID-19) महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि स्थापना गरिएको काठमाडौं, छाउनी स्थित COVID-19 Crisis Management Center – Operation (CCMC-Ops) मा  २०७६ चैत्र चैत्र २१  उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेलले भ्रमण गर्नु भई हालसम्म भए-गरेका काम कारवाहीहरुको वारेमा जानकारी लिनु भएको छ ।

उक्त भ्रमणको क्रममा उपप्रधान एवम् रक्षामन्त्री पोखरेललाई कोरोना भाईरस (COVID-19) को रोकथाम, नियन्त्रण र उपचार, संक्रमित देखिएका बिरामीहरुलाई अस्पतालसम्म पुर्याई उपचारको ब्यवस्था लगायत उक्त रोगको प्रतिकार्यको लागि अत्यावश्यक औषधी उपकरण तथा स्वास्थ्य सामाग्रीहरुको आवश्यकताको पहिचान र खरिद प्रक्रियाको सम्बन्धमा प्रस्तुतिकरण मार्फत जानकारी गराईएको थियो ।

सोही प्रस्तुतिकरणको क्रममा लकडाउनको समयमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयको साथै अत्यावश्यक उपभोग्य समानहरुको आपूर्ति र राहत बितरणलाई प्रभावकारी बनाउने विषयमा समेत जानकारी गराईएको थियो ।

प्रस्तुतिकरण पश्चात उप प्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले कोरोना भाईरस (COVID-19) महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउँदै परिस्थितिलाई सहज बनाउने कार्यमा सम्बद्द सबैले मेहनत तथा ईमान्दारितापूर्वक योगदान पुर्याउन निर्देशन दिनु भएको छ ।

सो कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति, CCMC अपरेशनका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल, नेपाली सेनाका रथीबृन्द, CCMC अपरेशन अन्तर्गतका Cluster संयोजकहरु लगायत अन्य बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

IME Lifesidebar
kumari