आज शुक्रबार १२ सयले सुनको मूल्य बढ्यो
काठमाडौं । आज शुक्रबार साताको छैठौं दिन बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १२ सयले बढेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेर १ हजार ३ सय २० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

























