stcnepal long ad
ime life insurance
national life
global ime bank long

ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना कुमारी बैंक लि.को क्युआर कोडबाट भुक्तानी प्रणाली सुचारु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसंग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंक लि.को क्यु.आर.प्रणालीबाट शीधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ ।

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  आयोजित एक समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक  उमेश राज जोशीले विधिवत रुपमा सेवा सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै प्रमुख अतिथि, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुवातले सहयोग पुगेको बताउनु भयो ।

यो सेवाको शुरुवातले अब विना नगद तथा झन्झट सेवाग्राहीले छोटो समयमा नै आफ्नो काम सम्पन्न गरी सेवा प्राप्त गर्न सकिने तथा राजस्व संकलनमा सहज हुने विश्वास व्यक्त गर्नु भयो ।
यसैबीच कार्यक्रमका अतिथि कुमारी बैंक लिमिटेडका डिजिटल बैकिङ्ग विभागका प्रमुख अनिश ताम्राकारले समयको परिवर्तन संगै प्रविधिमैत्री सेवा विस्तार गर्न कुमारी बैंक लि. सदैब अगाडि बडिरहने कुरामा जोड दिदै डाइनामिक क्युआर प्रविधिबाट राजस्व संकलन गर्ने प्रणालकिो शुरुवात एउटा नयाँ आयाम भएको विचार व्यक्त गर्दै आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा सुचारु गरिने बताउनु भयो ।

यस प्रणाली अन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्युआर कोड स्क्यान गर्ना साथ रकम सहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी शीधै भुक्तानी गर्न सकिने जानकारी गराउनु भयो ।

कार्यक्रममा समुपस्थित फोनपेका प्रमुख कार्यकारी अधिकृत  दिवस सापकोटाले जुनसुकै बैकमा रहेको खाताबाट क्यु.आर.स्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताउनु भयो ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

 

IME Lifesidebar
kumari