citizens life insurance long ad
stcnepal long ad

दिपल एस०५ म्याक्स नाडा अटो शोमा ६१ लाख ४९ हजारमै उपलब्ध हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । दिपल ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले नाडा अटो शो २०२६ को अवसरमा लक्जरी विद्युतीय एसयूभी दिपल एस०५ म्याक्सको विशेष सुरुवाती मूल्य ६१ लाख ४९ हजार रुपैयाँ घोषणा गरेको छ ।

सार्वजनिक भएदेखि नै नेपाली प्रिमियम ईभी बजारमा बलियो उपस्थिति जनाएको दिपल एस०५ ले आफ्नो विशिष्ट डिजाइन, परिष्कृत इन्टेरियर र आरामदायी ड्राइभिङ अनुभवका कारण आधुनिक ग्राहकहरू माझ छुट्टै पहिचान बनाएको छ ।

यस गाडीमा आकर्षक बाहिरी प्रोफाइलका साथै फ्रेमलेस डोर दिइएको छ भने क्याबिनलाई अत्यधिक आरामदायी र आधुनिक बनाइएको छ । चालक र यात्रीको यात्रालाई सहज र प्रविधिमैत्री बनाउन यसमा रिमोट स्मार्ट इन्ट¥याक्सन अर्बिट, एआर हेड–अप डिस्प्ले तथा इन्टेलिजेन्ट क्विन को–पाइलट सिट जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन् ।

नाडा अटो शोको समापनसम्म मात्र लागू हुने यो अफरले लक्जरी र इन्टेलिजेन्ट प्रविधियुक्त ईभीमा अपग्रेड हुन चाहनेहरूका लागि उत्कृष्ट अवसर प्रदान गरेको छ । अटो शोका आगन्तुकहरूले दिपल पेभिलियनमा पुगेर गाडीको प्रत्यक्ष अवलोकन गरी यो विशेष मूल्यको लाभ उठाउन सक्नेछन् ।

IME Life
kumari