stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिटिजन्सद्वारा कमलादीमा आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिंग सेवा सञ्चालन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपाली जनताको घरदैलोमा अनवरत रूपले बैंकिंग सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो ८५औं शाखा आफ्नै सुविधा सम्पन्न भवन काठमाडौँको कमलादी सञ्चालनमा ल्याएको छ । गत कार्तिक २४ गते उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ । करिव ५४४२ वर्ग फीटमा फैलिएको उक्त शाखाको उदघाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । करिव १३ वर्ष अघि कमलादीबाट नै यस बैंकले बैंकिंग कारोवारको शुभारम्भ गरेकोमा र १० वर्षको सफल बैंकिंग कारोवार पछि २०७३ सालमा नारायणहिटीपथमा स्थित बैंकको आफ्नै भवनबाट मुख्य कार्यालय तथा दरबारमार्ग शाखा मार्फत बैंकिंग सेवा सुबिधा प्रदान गर्दै आएको छ । हाल उक्त क्षेत्रको बासिन्दा तथा व्यवसायीहरूलाई ए.टि.एम मार्फत मात्र सेवा प्रदान गर्दै आएकोमा अब सम्पूर्ण बैंकिंग सेवा सुबिधा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा प्रदान गर्ने हेतुले उक्त शाखा सञ्चालनमा ल्याईएको कुरा बैंकले जनाएको छ । बैंकको सुरुवाती दौरानमा बैंकले ग्राहक महानुभावहरुबाट पाएको अपार सहयोगको पुनरावृति हुने कुरामा बैंक विश्वस्त छ । अत्याधुनिक प्रविधि युक्त यस शाखा मार्फत ग्राहकहरुको वित्तिय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तिय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो,चुस्त र दुरुस्तरूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । “योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

IME Lifesidebar
kumari