citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

सांग्रिला डेभलपमेन्ट बैंकको रक्तदान सम्पन्न

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर धादिङको गल्छी चोकमा रहेको बैंकको शाखा कार्यालय गल्छीले जिल्ला रेडक्रस सोसाइटी धादिङको प्राविधिक सहयोगमा बृहत् रक्तदान जीवनदान कार्यक्रम गत आइतबार सञ्चालन गरेको थियो । रक्तदाताहरूको उत्साहजनक उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि गल्छी गापा अध्यक्ष कृष्णहरि श्रेष्ठ छन् । कार्यक्रम सञ्चालन शाखा कार्यालय गल्छीका शाखा प्रमुख गौरब काफ्लले गरेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न संघ–संस्थाबाट समेत उपस्थिति थियो । कार्यक्रममा बोल्दै गर्दा प्रमुख अतिथि गल्छी गापा अध्यक्ष श्रेष्ठले गल्छी चोकमा धेरै बैंकको शाखा आएका तर सांग्रिला बैंकको शाखा आएको १ वर्ष नपुग्दै धेरै किसिमका कार्यक्रमहरू दिएर स्थानीय जनताहरूको मन–मनमा बस्न सफल भएको र यसका शाखा प्रमुख गौरब काफ्ले बजारीकरण रणनीतिमा अगाडि, अनुशासित, भद्र, असल व्यवहार गर्ने अब्बल र सक्षमता व्यक्ति भएकाले यस बैंकको शाखा कार्यलयमा आफूले समेत कारोबार गर्ने गरेको बताए । सबैलाई रक्तदान कार्य गर्न समेत अनुरोध गरेका थिए । शाखा प्रमुख काफ्लेले कार्यक्रममा बोल्दै गर्दा दुर्घटना, रक्तस्राव, प्रसूति शल्यक्रिया लगायतका अवस्थामा रगतको आवश्यकता पर्छ । थलसेमिया, ल्युकेमिया, हेमोफिलिया जस्ता रोगीलाई समेत बारम्बार रगतको आवश्यकता पर्ने भएकाले रगतको धेरै माग हुने गरेको बताउँछन् । साथै देशमा हाल चरम रगतको अभाव भएकाले नेपालीहरू मृत्युको शय्यामा रहेकाले आफ्नो शरीरबाट खेर जाने रगत कसैको जीवन बचाउन हामी पछि नपरी यो पवित्र एवं महादान रक्तदानमा सबैको सहयोग खाँचो पर्ने बताए । सांग्रिला डेभलपमेन्ट बैंकले रक्तदान महादान भन्ने मूल नाराका साथ रक्त संकलन कार्यमा अहम भूमिका खेलेको कुरामा समेत कुनै दुईमत नभएको बताए ।

gold
himalayan life insurance long ad