stcnepal long ad
ime life insurance
national life
global ime bank long

सनफ्लो सनफ्लावर तेल हिराको उपहार योजनाको प्रथम विजेताहरुको नाम घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सनफ्लो सनफ्लावर तेल हिराको उपहार योजना अफर अन्तर्गत पहिलो १५ दिनको लक्की ड्र कार्यक्रमको गत २१ गते इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरुको नाम घोषणा गरियो । पोखरा–१० निवासी दीपक कुमार थापाले आकर्षक हिराको हार जिते भने विर्तामोड निवासी सन्दीप गटानी र पाल्पा निवासी मीना छहारीले हिराको लकेट जिते । त्यसैगरी बुटवलका केशव आचार्य र नेपालगञ्जका निरज कुमार कशौडाले हिराको टप जिते । के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि लागु हुनेछ । यो अफरको नारा“सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार”रहेको छ । यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ । प्रत्येक १५ दिनमा लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् । ग्राहक महानुभावहरुलाई सनफ्लो सनफ्लावर तेलको अत्यधिक उपभोग गरी यो योजनाको लाभ उठाउनु भई विजेता बन्ने सुअवसर प्राप्त गर्नुहुन कम्पनीले आग्रह गर्दछ ।

IME Lifesidebar
kumari