citizens life insurance long ad
stcnepal long ad

बाढीपहिरो प्रभावित परिवारको राहतका लागि पद्य ज्योति ग्रुपद्वारा रु. १ करोड सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हालै नेपालको विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले जनजीवनमा गम्भीर असर पु-याएको छ । यस्तो दुःखद परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनर्स्थापना सहयोग पु-याउने उद्देश्यका साथ पद्य ज्योति ग्रुप अन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रु. १ करोड सहयोग गरेको छ ।

प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारहरुको तत्कालिन राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो योगदान गरिएको हो ।

नेपालका लागि होन्डाको प्रतिनिधित्व गर्दै आएको स्याकार ट्रेडिङ कम्पनी प्रालिले विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका लागि योगदान गरेको हो । राहत, तथा पुनर्स्थापनाको काममा सकारात्मक योगदान पु-याउनु कम्पनीको उद्देश्य हो ।”

विपत्तिपछि राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सरकारी तथा विभिन्न सरोकारवाला निकायहरुले गरिरहेको प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कम्पनीले प्रभावित  समुदायको  सामान्य जीवन पुनर्स्थापना का लागि सामूहिक प्रयासको महत्वमा जोड दिएको छ ।

IME Life
kumari