बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने स्याङ्जा आधींखोला गाउँपालिका–४ घर भएका ५२ वर्षीय काजी गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको गत फागुन १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र ४० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो ।
गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी एभरेष्ट बैंक लिमिटेड गोंगबु काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।


























