चीनलाई कोभिड लक डाउनका कारण प्रत्येक महिना ४६ अर्ब डलर नोक्सान
काठमाडौं । चीनलाई कोभिड नियन्त्रणका लागि गरिएको लक डाउनका कारण प्रत्येक महिना ४६ अर्ब डलर नोक्सान हुने गरेको एक अध्ययनले देखाएको छ । ‘चाइनिज युनिभर्सिटी अफ हङकङ’ का अर्थशास्त्रीहरुका अनुसार उक्त नोक्सान कुल गर्हस्थ उत्पादन (जीडीपी ) को ३.१५ हो । लक डाउनलाई सांघाईमा जस्तै कडाई गर्ने हो भने नोक्सन दोब्बर बढ्नसक्ने पनि उनिहरुको अनुमान रहेको छ ।
पछिल्लो समय चीनको ‘शूल्य कोभिड नीति’ ले अर्थतन्त्रलाई नकारात्मक असर गर्दै आएको छ । विगत केही महिनादेखि चीनमा कोरोना संक्रमण दर पनि उच्च गतिमा बढिरहेको छ । चीनका ४ ठूला शहरहरुमा लक डाउन भयो भने मात्रै पनि चीनको कुल गार्हस्थ उत्पादन लकडाउनको अवधिमै १२% घट्ने अर्थशास्त्रीहरुको अनुमान छ ।



















