अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ६५ ट्याब्लेट सहित सिन्धुली कुसेश्वर गाउँपालिका–१ बस्ने २० वर्षीय प्रयास श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी जलेश्वरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा।५ ख ८३० नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार श्रेष्ठलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो
। उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।























