नेप्सेमा नबिल बैंक,एक्सेल डेभलपमेन्ट बैंक र स्वभिमान लघुवित्त वित्तीय संस्थाको बोनस सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार नेप्सेमा नबिल बैंक,एक्सेल डेभलपमेन्ट बैंक र स्वभिमान लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । जसमा सबैभन्दा धेरै नबिल बैंकको ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता (३३.६०५) बोनस सेयर रहेको छ ।
यस्तै, एक्सेल डेभलपमेन्टको ९ लाख ७३ हजार ३४५।४६ कित्ता (१२%) र स्वाभिमान लघुवित्तको २ लाख ९७ हजार ३२१.५० (३२.३०५) कित्ता बोनस सेयर रहेको छ । सबै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सूचीकरण गरिएको हो ।























