stcnepal long ad
global ime bank long

कोरोना भाइरसका कीटाणु हटाउन गोकर्णेश्वरमा ‘क्लोरिन स्प्रे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट नगरवासीलाई बचाउन नगर क्षेत्रका सबै वडाका मानिस बढी चहलपहल हुने स्थानमा क्लोरिन स्प्रे शुरु गरेको छ ।

क्लोरिन स्प्रे गरेपछि २४ घण्टासम्म कीटाणुबाट बच्न सकिने भएकाले त्रासबाट नागरिकलाई बचाउन सकिने चिकित्सकको सल्लाह अनुसार नगरपालिकाका वडा नं ५, ६, ७ र ८ क्षेत्रमा छर्की सकिएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । आज नगरपालिकाका वडा नं ९, ४, ३, २ र १ मा पनि क्लोरिन छर्कने कार्यक्रम रहेको पनि उहाँले सुनाउनुभयो ।

खाद्यान्न अभाव हुन नदिन १० हटलाइनको व्यवस्था गरी नगरपालिकाको वेबसाइटमा राखिनुका साथै सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरिएको छ । जसका कारण अत्यावश्यक खाद्यान्नका लागि नगरवासीले चिन्ता लिनुनपर्ने गरी व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

बाहिरका मानिस प्रवेश निषेध

नगरपालिकाको वडा नं ३ साविकको बालुवा गाविसका स्थानीयवासीले सूचना टाँस गरी बाहिरबाट आउने मानिसलाई वडा भित्र प्रवेशमा रोक लगाएका छन् । बाहिरबाट आएका मानिसका माध्यमबाट वडावासीमा कोरोनाको सङ्क्रमण हुनसक्ने सम्भावना देखिएकाले यस्तो गर्नुपरेको स्थानीय राजकुमार केसीले राससलाई बताउनुभयो ।

यज्ञडोल (जगडोल) सामुदायिक वनको राष्ट्रिय शहीद स्मारक निर्माणस्थलमा बिहान धेरै मानिस प्रभातीय हिँडडुलमा आउने क्रम नरोकिँदा सङ्क्रमण फैलन सक्ने खतरालाई न्यून गर्न यसो गरिएको हो ।

स्थानीवासीले प्रहरीलाई समेत खबर गरेपछि हाल गस्ती बढाइएको छ । कोरोनाको खतरा अन्त्य नभएसम्म घरघरमा आउने पाहुनाका लागि पनि निषेध गरिएको सूचनामा उल्लेख छ । वडाध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा गठन भएको विपद् व्यवस्थापन उपसमितिले विदेशबाट आएका मानिस छन् कि भनी खोज अभियानसमेत सञ्चालन गरेको थियो ।

पहिलो चरणको खोज अभियानबाट विदेशबाट आएका मानिस वडामा बसेको नभेटिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रसूति हुने महिला, कोरोनाको लक्षण देखिन सक्ने बिरामी र अन्य गम्भीर रोग लागि तत्काल अस्पताल जानु परेमा सवारी साधन तयारी अवस्थामा राखिएको पनि उहाँले सुनाउनुभयो । स्थानीयवासी खेतीपातीको कामसमेत नगरी घरभित्रै बसेका छन् । खाद्यान्न पसल बिहान बेलुकीमात्र खोली भीडभाड नगर्न पनि वडा कार्यालयले आह्वान गरेको जनाइएको छ । (रासस)

IME Lifesidebar
kumari