stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंकद्वारा कोरोना रोकथामका लागि ७ वटै प्रदेशलाई ७/ ७ लाखको सहयोग प्रदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार

काठमाडौँ ।कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेरु रु  ४९ लाख सहयोग गरेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेलाबैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा रु ७ लाखका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो ।
यस विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावस्यक सामाग्रीहरु प्रदान गर्न टेवापुग्ने विश्वास बैंकले लिएको छ ।

महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताउनु भएको छ । यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटी लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवादिँदै आएको छ । कोरोना भाइरस (COVID-19) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

साथै यस बैंकको ए.टि.एम कुनै पनि बैंकको ए.टि.एममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ र हरेक ए.टि.एममा पर्याप्त मात्रामा नगद रहेको कुरा समेत बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari