stcnepal long ad
global ime bank long

विदेशबाट आउनेको तथ्याङ्क सङ्कलन गर्न नाट्टाको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार

काठमाडौँ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विदेशबाट नेपालमा आई कोरोना सङ्क्रमण देखिएका व्यक्तिसँगै जहाजमा आउने अन्य व्यक्तिको विवरण दिन सम्पूर्ण ट्राभल कम्पनीलाई आग्रह गरेको छ ।

नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले एक विज्ञप्ति जारी गरी मार्च १७ मा कतार एयरवेज र मार्च २० मा भिस्टारा एयरलाइन्सबाट नेपाल आएका तीन यात्रुमा कोरोना सङ्क्रमण देखिएको भन्दै उक्त एयरलाइन्सबाट आउने अन्य यात्रुको पूर्ण विवरण नाट्टामा उपलब्ध गराउन सबै ट्राभल कम्पनीलाई आग्रह गर्नुभएको हो ।

“विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिनका लागि अन्य यात्रुलाई पहिचान गरी सरकारलाई सहयोग गर्न लागेका हौँ”, अध्यक्ष गुरागाईँले भन्नुभयो ।

यस विषम परिस्थितिमा राज्यद्वारा जारी गरिएको निर्देशन पालना गर्नु नागरिकको दायित्व रहेको नाट्टाले जनाएको छ ।कोरोना भाइरसको महामारी बढ्दै गएको परिवेशमा सरकारले चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन गरेकाले लकडाउनको पूर्ण पालना गर्नसमेत नाट्टाले सबैलाई आग्रह गरेको छ ।

नाट्टाले विभिन्न मुलुकबाट भर्खरै नेपाल आएका जोकोहीलाई पनि ‘सेल्फ क्वारेन्टाइन’मा बसेर सङ्क्रमण फैलन नदिन आग्रह गरेको छ ।(रासस)

IME Lifesidebar
kumari