stcnepal long ad
ime life insurance
national life
global ime bank long

राजस्व छुटमा सरकारले ल्याएको नीति प्रभावकारी बन्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । महिलाका नाममा जग्गामा भूस्वामित्व कायम गराउने कार्यलाई बढवा दिई आत्म मनोबल उच्च पार्ने उद्देश्यले राजस्व छुटमा सरकारले ल्याएको नीति प्रभावकारी बन्दै गएको हो ।

गत साउनदेखि फागुन मसान्तसम्म महिलाका नाममा पारित भएको लिखतबाट मालपोत कार्यालयले रु ११ लाख ६८ हजार ८३ राजस्व छुट दिएको छ । मालपोत कार्यालय प्रमुख गणेश श्रेष्ठका अनुसार साउनदेखि फागुन मसान्तसम्म १४६ महिलाले जग्गाको भूस्वामित्व प्राप्त गरेको र सरकारको नीति बमोजिम तोकिएको शुल्कमा ग्रामीण महिलाले ५० प्रतिशत र सदरमुकाम क्षेत्रमा बसोबास गर्ने महिलाले २५ प्रतिशत राजस्व दस्तुर छुट पाउँदै आएका छन् ।

गत एक वर्षको अवधिमा १८९ महिलाले भूस्वामित्व प्राप्त गरी रु नौ लाख आठ हजार ७३९ रजिस्टेशन शुल्क छुट पाएको प्रमुख श्रेष्ठले जानकारी दिए । रजिस्टेशन शुल्कमा छुट पाउने भएपछि श्रीमतीका नाममा जग्गा रजिस्टेशन पारित गराउन प्रफुल्लित रूपले श्रीमान्समेत कार्यालयमा उपस्थित हुने गरेको पाइएकाले केही वर्षपछि अधिकांश महिलाले भूस्वामित्व प्राप्त गर्ने अनुमान गरिएको मालपोतका पुराना अनुभवी कर्मचारी छेक्याल तामाङले बताए ।

यस्तै मालपोत कार्यालयले गत साउनदेखि फागुन मसान्तसम्म दृष्टि बन्धकबाहेक ५०६ थान लिखत पारित गरेको छ । यसरी पारित भएका लिखतमा जग्गा लेनदेनको राजीनामा, दर्ताफारी, दान बकपत्र, अंशबन्डा, अंश भर्पाईसमेत रहेका छन् ।

पारित लिखतबाट निर्धारित दररेटबमोजिम रु ९९ लाख ४६ हजार ३७९ राजस्व प्राप्त भएको उक्त कार्यालयले जनाएको छ । गत वर्ष र यस वर्षको सोही अवधि तुलना गर्दा आठ महिनाको अन्तरालमा २१ प्रतिशतले राजस्वको दस्तुर वृद्धि भएको छ ।

IME Lifesidebar
kumari