stcnepal long ad
ime life insurance
national life
global ime bank long

वडा १४ कार्यालय भवन उद्घाटन: १६ वटा वडा कार्यालयको नवनिर्माण र ६ वटा स्तरउन्नति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौँ महानगरका मेयर बिद्यासुन्दर शाक्यले वडा नं. १४ को कार्यालय भवन उद्घाटन गर्नु भएको छ । बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको २५३.२४ बर्गमिटर (करिब ८ आना) जग्गामा भवन निर्माण नयाँ भवन निर्माण भएको छ ।

भवन बनाउन २०७६ बैशाख ४ गते मयर शाक्यले शिलान्यास गर्नुभएको थियो । यस अघि घर भाडामा लिएर कार्यालय सञ्चालन हुँदै आएको थियो । ५ करोड ५२ लाख ७२ हजार ४८१ रुपैयाँ ३५ पैसा अनुमान गरिएको भवन निर्माणका लागि ४ करोड ३४ लाख ३३ हजार ६९२ रुपैयाँ ९० पैसा कबोल गर्ने ठेक्केदार छनौटमा परेको थियो ।

उद्घाटनपछि बोल्दै मेयर शाक्यले सुविधा सम्पन्न भौतिक संरचनाबाट मात्र गुणस्तरीय सेवा दिन सकिने भएकोले आफूहरु निर्वाचित भएर आएपछि सबै वडाको आफ्नै भवन बनाउने नीतिअनुरुप काम गरेको बताउनुभयो । ‘महानगरको हरिभवनलाई पुननिर्माण गरेर केन्द्रीय भवन बनाउन नीति बनायौँ ।

बजेटको व्यवस्था ग¥यौँ तर गलत नियत राख्ने केही व्यक्तिहरुका विरोधका कारण काममा अवरोध भयो ।’ शाक्यले भन्नुभयो, ‘हामीले बल गरेर कुनै काममा पनि जोड गरेनौँ । विवाद सिर्जना भएपछि उहाँहरुसँग उपयुक्त विकल्प मागेका थियौँ । विकल्प पनि नदिने, कामको पनि विरोध गर्ने प्रवृत्तिले हरिभवन बन्न सकेन । जग्गा भएका ठाउँमा वडा कार्यालय बनायौँ । संरचना थप गर्दा हुने ठाउँको स्तरउन्नति ग¥यौँ ।’

कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, वडा कार्यालय निर्माण गरेपछि चुस्त सेवाको सुनिश्चित भएको बताउनुभयो । ‘भौतिक पूर्वाधार सम्पन्न भएपछि अब कर्मचारीले सोहीअनुरुप तुरुन्त सेवा दिने गरी आफूलाई तयार पार्नुपर्छ । यसले पूर्वाधारमा सम्पन्न वडाको महत्व पुष्टि गर्छ ।’ उपमेयर खड्गी श्रेष्ठले धारणा राख्नुभयो ।

यसअघि भाडाको घरमा जनप्रतिनिधि र कर्मचारी एउटै कोठामा बसेर सेवा दिनु पर्ने अवस्थाबाट सुविधा सम्पन्न आफ्नै भवनमा आएका छौँ । त्यसबेला नागरिकलाई एकछिन आराम गराउन पनि सकिने अवस्था थिएन । कार्यक्रममा धारणा राख्दै वडाध्यक्ष शोभा सापकोटाले, पर्याप्त ठाउँसहितको नयाँ वडा भवन प्राप्त हुनु वडाबासीका लागि हर्षको विषय भएको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा वडाध्यक्षहरु नीलकाजी शाक्य, धु्रवनारायण मानन्धर, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा जनसाधारण सहभागी हुनुहुन्थ्यो ।

साढे ४ तलाको नवनिर्मित वडा भवनको कुल क्षेत्रफल ११ हजार ८२ दशमलब ८ बर्गफिट छ । यसमध्ये भूमिगत तलाको क्षेत्रफल १९१९.७९ बर्ग फिट छ । यहाँ ३० वटा मोटरसाइकल पार्किङ् गर्न सकिन्छ । भुइँ तलाको क्षेत्रफल १७८९.०८ बर्गफिट छ । आरसीसी फ्रेम स्क्ट्रक्चरमा निर्माण हुने भवनमा लिफ्ट जडानको काम बाँकी छ । यस अघि छुट्टै ठाउँबाट सञ्चालन भइरहेको वडा क्लिनिक पनि यहीँबाट सञ्चालन गरिनेछ ।

यो अपाङ्ग मैत्री भवन हो । हरेक तलामा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ । भवनमा दर्ता चलानी गर्ने ठाउँ, वडा क्लिनिक, कर्मचारी र जनप्रतिनिधिका लागि छुट्टा—छुट्टै र व्यवस्थित कार्यकक्ष, बैठक कक्ष, पुस्तकालय, प्राबिधिक कक्ष, सहजकर्ता कक्ष छन् ।

महानगरले वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न गरेको छ । यसैगरी वडा २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी १० वटा वडा कार्यालय भवन निर्माण सम्पन्न हुने चरणमा छन् । वडा ६, ७, १०, ११, १५ र ३२ गरी ६ वटा वडाहरुको स्तरोन्नति गरेर व्यवस्थित गरिएको छ । जग्गा प्राप्ति तथा भवन खरिदमा कानुनी प्रक्रियाका कारण वडा केही वडा भवन व्यवस्थापनमा महानगरले असजिलो भोगिरहेको छ ।

 

 

 

IME Lifesidebar
kumari