stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेकोमा पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

बारा ।  परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा सोही गाउँपालिका-५  नौतन बहुअरी बस्ने गणेश कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट डिउटीमा खटिएको प्रहरीले साह समेत ८/९ जनालाई लकडाउनको समयमा क्रिकेट खेल्न हुँदैन भनी सम्झाउने क्रममा साहले क्रिकेट खेल्ने ब्याटले प्रहरीलाई प्रहार गरेपछि उनलाई पक्राउ गरेको हो । व्याट प्रहारबाट एकजना प्रहरी हवल्दार घाइते भएका छन् ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

prabhu mahalaxmi
kumari