stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेकोमा पक्राउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

बारा ।  परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा सोही गाउँपालिका-५  नौतन बहुअरी बस्ने गणेश कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट डिउटीमा खटिएको प्रहरीले साह समेत ८/९ जनालाई लकडाउनको समयमा क्रिकेट खेल्न हुँदैन भनी सम्झाउने क्रममा साहले क्रिकेट खेल्ने ब्याटले प्रहरीलाई प्रहार गरेपछि उनलाई पक्राउ गरेको हो । व्याट प्रहारबाट एकजना प्रहरी हवल्दार घाइते भएका छन् ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

kumari bank
kumari
nawakantipur long