stcnepal long ad
global ime bank long

नेविसंघद्धारा प्रहरीलाई सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

काठमाण्डौ । नेपाल विद्यार्थी संघले कोरोना भाइरस देखी आफु बाँचौं, अरुलाइ पनि बचाउँभन्ने नाराका साथ सदैब अरुको सुरक्षामा तल्लिन रहने सुरक्षाकर्मीहरु नै असुरक्षित रहेको छ ।

यसै बिषयलाई हृदयंगम गर्दै नेपाल बिद्यार्थी संघ द्वारा शंकरदेव क्याम्पसका जुझारु नेता दिपक ओझाको नेतृत्वमा संकलित Mask, Gloves लगायतका स्वास्थ्य सचेतना सम्बन्धी सामग्रीहरु महनगरीय प्रहरी बृत्त, सिंहदरबार, अनामनगरमा कार्यरत प्रहरीहरुको उपयोगका निम्ति कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतलाई

नेपाल बिद्यार्थी संघका केन्द्रीय महामन्त्री श्रबलदेव तिमल्सिनाले  हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रममा नेबिसंघका अर्का महामन्त्री युवराज पाण्डे, पुर्ब महामन्त्री कुन्दनराज काफ्ले, नेपाली काग्रेसका युवा नेता श्याम तिमल्सिना, नेबिसंघका नेताहरु दिपक न्यौपाने, दिपक ओझा, सोमराज मल्ल लगायतको सहभागिता रहेको थियो ।

IME Lifesidebar
kumari