stcnepal long ad
global ime bank long

उद्योग परिसंघले स्वास्थ्यमन्त्रीलाई १०० थान पीपीई र ७५ हजार थान मास्क हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

काठमाडौँ । नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने प्रयासमा सघाउने कार्यलाई निरन्तरता दिएको छ । यसैक्रममा स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई परिसंघका अध्यक्ष सतिशकुमार मोरले नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरण (पीपीई) थान १०० तथा ७५ हजार थान मास्कहरु हस्तान्तरण गरेका हुन् ।

हाल विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरु उपलब्ध गराईएको र निकट भिवष्यमै विदेशबाट सामान आयात गरि थप आवश्यक सामग्रिहरु समेत उपलब्ध गराउने उनले जानकारी गराए ।

अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंतिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन सवैमा अपिल समेत गरे ।

हस्तान्तरणका अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु राजेश अग्रवाल, सुलभ अग्रवाल समेत सहभागिता थियो ।

स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरण (पीपीई) हरु मित्र राष्ट्रहरुमा संकलन गरी आयातको व्यवस्था मिलाई रहेको तथा मास्क नेपालमै उत्पादन भइरहेको परिसंघले जनाएको छ । त्यस्तै संकटको यस घडीमा सवैलाई संयमित हुन र सरकारले जारी गरेका सवै निर्देशनको पालना गर्न समेत परिसंघले अनुरोध गरेको छ ।

IME Lifesidebar
kumari