सनराइज बैंकद्धारा पाटन अस्पताललाई पीपीई उपकरण हस्तान्तरण

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार
काठमाडौं । सनराइज बैंकल पाटन अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई हस्तान्तरण गरेको छ ।
आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पाटन अस्पतालका डा. विष्णु प्र. शर्मालाई २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।
त्यसमा पनि सीमित स्रोत साधनबाट समेत अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि फिल्डमा खटिनेदेखि उपचारसम्म निभाएको भूमिका अतुलनीय रहेको उनको भनाइ थियो ।
यो कठिन परिस्थितीमा काम गरिरहनु भएका तमाम डाक्टर र नर्सहरुले हौसला प्रदान गर्न सानो सहयोग गरेका हौं बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने भनेर प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए ।