नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा कनिष्ठ प्रदीप अधिकारीको नियुक्ति
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदिप अधिकारी नियुक्त भएका छन्। गत सोमबार बसेको मन्त्री परिषद्को बैठकले उनलाई नियुक्त गरेको छ।
११औं तहमा काम गर्दै आएका अधिकारीले आफ्नो कार्यकालमा राष्ट्रिय गौरवका आयोजना अन्तर्गतका विमानस्थल संचालनलाई पहिलो प्राथमिकता दिने बताएका छन।अधिकारी ११ औं तहका अधिकारी थिए ।
उनीभन्दा बरिष्ठ १२ औं तहका ५ जना उपमहानिर्देशक र एक जना अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक छन् । तर ११ औं तहका कनिष्ट अधिकारीलाई मन्त्रिपरिषदबाटै महानिर्देशकमा नियुक्ति गर्ने निर्णय गरिएको छ ।
मुख्यसचिव डा. शंकरदास वैरागीले प्रदीप अधिकारी ११औं तहको कनिष्ठ अधिकारी भएको र प्राधिकरणमा १२औं तहका ६ जना कर्मचारी रहेकाले अधिकारीलाई महानिर्देशक बनाउन नहुने अडान लिएका छन् ।
१२ औं तहका प्रतापबाबु तिवारी र भोला गुरागाई सबैभन्दा बरिष्ठ थिए । एक महिनाअघि १२ औं तहमा बढुवा भएका देवचन्द्रलाल कर्ण, हंसराज पाण्डे, गोविन्द दाहाल र प्रेमचन्द्र ठाकुर छन् । सरकारले ११ औं तहका कनिष्ट प्रदीप अधिकारीलाई प्राधिकरणको महानिर्देशक नियुक्ति गरेको छ ।
नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले अधिकारीलाई जसरी पनि महानिर्देशक बनाउन प्रधानमन्त्री शेर बहादुर देउवालाई दबाब दिएका थिए।
गत कात्तिक ८ गते राजकुमार क्षेत्री प्राधिकरणको महानिर्देशक बन्दा पनि अधिकारीको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्राधिकरणमा त्यसवेला पनि तीन जना १२औं तहका कर्मचारी हुँदाहुँदै ११ ओैं तहका अधिकारीलाई महानिर्देशक बनाउने प्रस्ताव तयार गरेका थिए ।
त्यसबेला प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणका उपमहानिर्देशक प्रताब तिवारीलाई ४ वर्षे कार्यकालका लागि महानिर्देशक बनाउनु पर्ने प्रस्ताव गरेका थिए ।
मन्त्री प्रेम बहादुर आलेले आफ्नो पार्टीले नेतृत्व गरेको मन्त्रालयमा हस्तक्षेप नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। साथै समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले नेतृत्व गरेको मन्त्रालयमा हस्तक्षेप नगर्न प्रधानमन्त्रीलाई दबाब दिएका थिए ।
प्रधानमन्त्री देउवाले कनिष्टलाई कुनै पनि हालतमा महानिर्देशक नबनाउने अडान लिएपछि वरिष्ठतामाको पहिलो नम्बरमा रहेका राजकुमार क्षेत्रीलाई महानिर्देशक बनाइएको थियो ।
गत पुस २८ गते ५८ वर्षे उमेरहदले क्षेत्रीले अवकाश पाएपछि महानिर्देशकको बनाउने चलखेल फेरि शुरु भयो । क्षेत्रीले आफ्नो कार्यकाल ४ वर्षको भएको र प्राधिकरणको ऐनमा महानिर्देशकको उमेरहद नतोकिएकाले ४ वर्ष नै काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।
प्रदिप अधिकारी प्राधिकरणका सबै गौरबका आयोजनाहरु गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना र प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलाका आयोजना प्रमुख भएका अनुभवी र काविल अधिकारी हुन् ।
उनले यी आयोजनाको प्रमुख भएर अरबौं( अरबको ठेक्का दिइ काम सम्पन्न गराएका छन् । विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी सिधै उनका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालमार्फत् ठेक्कामा सेटिङ गर्थे भनिन्छ ।
तत्कालीन पर्यटन मन्त्रीहरु स्व. रविन्द्र अधिकारी, योगेश भट्टराईदेखि भानुभक्त ढकाललाई होइन, सिधै सल्लाहकार रिमाललाई प्रभावमा पारी उनले ठेक्कामा सेटिङ गर्थे भनिन्थ्यो । अधिकारी नेकपा (एमाले) निकट रहेको पेशागत संगठनबाट नेपाल इन्जिनियर्स एसोसियनको महासचिव उम्मेदवार समेत बनेका थिए ।
गत माघ १३ गते प्रदीप अधिकारीले नेतृत्व गरिरहेका ५ वटा आयोजनामा करौडौं रुपैयाँ भ्रष्टाचार भएको आरोप लगाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी परेको छ ।
भ्रष्टाचार नगर्ने र गर्न नदिने सार्वजनिक प्रतिबद्धता जनाउँदै आएका मन्त्री आलेले अधिकारी विरुद्धको उजुरी छानबिन गर्नुको साटो उनै अधिकारीलाई अस्वभाविकरुपमा प्राधिकरणको महानिर्देशक बनाएका छन ।
आफू भन्दा सिनियर छ जना उपमहानिर्देशकलाई उछिनेर ११ औं तहका प्रदीप अधिकारी महानिर्देशक हुनुमा आर्थिक चलखेलले नै काम गरेको आशंका गरिएको छ । माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेसँग डोल्पा विमानस्थल बनाउने ठेक्का समेत लिएका नेकपा (एकीकृत समाजवादी) का सांसद धनबहादुर बुढाले पटक–पटक भेटाउँदै अधिकारीको पक्षमा लविङ गरेका थिए । डोल्पाबाट निर्वाचित नेकपा (एकीकृत समाजवादी) का ठेकेदार सांसद धनबहादुर बुढामार्फत् उनले १० करोड रुपैयाँ महानिर्देशक बन्न खर्च गरेको प्राधिकरण भित्र चर्चा छ।
सबै ठुला राष्ट्रिय गौरबका आयोजना प्रमुख अधिकारीले अरबौं(अरबका ठेक्कामा सेटिङ गरी करोडौं घुस खान सफल भएकाले उनी प्राधिकरणको महानिर्देशक हुन जति पनि खर्च गर्न तयार रहेका थिए ।
प्राधिकरणका पूर्वउपमहानिर्देशकहरू अधिकारीलाई महानिर्देशक बनाए विधि र पद्दति विपरीत हुने ब्रिफिङ गर्ने उद्देश्यले माधवकुमार नेपालको घरमा भेट्न समेत गएका थिए । तर, ती पूर्व उपमहानिर्देशकहरूले माधव नेपालसँग भेट गर्न नै पाएनन् भनिन्छ ।
अधिकारीको सेटिङमा २ बर्षअघि चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे को ठेक्का दिइएकोमा २० प्रतिशत पनि काम भएको छैन ।
चाइना नेशनल एरो टेक्नोलोजीको नेपालस्थित एजेन्ट यति ग्रुप हो । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहको भनिने यति ग्रुपलाई विमानस्थलका सबै ठेक्का सेटिङमा दिने अधिकारीलाई नेकपा एसकै मन्त्रालय अन्तर्गत नियुक्ति दिनु बिडम्बना हो ।
अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सपान्सन अफ इन्टरनेशनल एप्रोन(एयरपोर्ट विस्तार), ट्याक्सी वे लगायतका कार्यको निर्माणका लागि गरिएको टेण्डरमा सुरुदेखि नै यति ग्रुपको डिजाइनमा दिनेगरी सेटिङ गरेका थिए ।

























