stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

लकडाउन लम्बिन सक्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

काठमाडौं । कारोना संकट गाजिंदै छ । महामारीको सम्भावना टरेको छैन । युरोप, अमेरिका जस्ता समृद्ध मुलुकका लागि समेत कोरोना भाईरस ठुलो समस्याका रुपमा खडा भैरहँदा हाम्रो जस्तो मुलुकले अत्यधिक होशियारी अपनाउनुको बिकल्प छैन ।

बिश्व स्वास्थ्य संघले (टेस्ट एण्ड ट्र्याक) ज्यादा भन्दा ज्यादा मान्छेको परिक्षण गर्दै निगरानी राख्न आग्रह गरिरहँदा हाम्रो मुलुकमा परिक्षण गरिएकाहरुको संख्या एक हजार पनि पुग्न सकेको छैन ।

झण्डै ८ सयको परिक्षणमा ५ जना संक्रमित भेटिई रहँदा यसले मुलुकको वास्तविक अवस्था दर्शाउँछ । देश संकटमा परिरहेको बखत लकडाउन घोषणाले मात्र संकट समाधान हुन्छ भनेर सोच्नु कत्तिको सान्दर्भिक होला त ? सरकारले किट उपलब्ध गराउन सकेको छैन, सबै प्रदेशमा ल्याबको ब्यवस्था गर्न सकेको छैन, टेस्ट एण्ड ट्र्याकको रणनीतिमा सरकार बिफल बनेको छ ।

जनतालाई राहतको प्याकेज उपलब्ध गराउने बारे खासै चासो सरकारमा देखिंदैन । मान्छे भोकभोकै पर्ने अवस्था सिर्जना भैसक्दा पनि सरकार मौन प्राय: छ । डाक्टरले उपचारमा संलग्न हुनसक्ने अवस्था छैन ।

देशमा यस बखत सरकारको उपस्थिति छ भनेर अनुभूत गर्ने ठाउँ नै छैन । प्रधानमन्त्री बिरामी छन तर पनि देशको अवस्था प्रति चिन्तित छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल रोगको उपचार सहज सरल र सुलव गर्न दिन रात सकृय छन् ।

माफियाले उनलाई घेरामा पार्न खोजीरहेका छन । अर्थमन्त्री यूवराज खतिवडा अबिवेकी र अनुदार बन्दा कोरोना भाइरसको संक्रमणमा उपचार गर्ने मेडिकल यन्त्र उपकरण खरिद र तयारीमा ढिलाई र राहतको प्याकेज ल्याउन सरकारले सकेन । कसरी होलान त जनता आश्वस्त ?

लकडाउनसंगै सर्वसाधारण गरिव जनता र प्राणीहरु भोकभोकै मर्ने अवस्था सिर्जना भएको कुरालाई सरकारले किन देख्दैन ? संसारलाई कोरोनाले त्रस्त बनाईरहेको बखत अरु मुलुकबाट किन सिक्दैन नेपालको सरकारले ? ढिलै भएपनि लकडाउन सहि निर्णय थियो तर खोई अन्य तैयारी ? नागरिक सचेत छन, अत्यधिक धैर्यता छ ।

खै सरकारले दायित्व निर्वाह गरेको र ? आज दायित्व निर्वाह गर्दैन, संक्रमण बढ्दै गयोभने इटालीको जस्तो हात उठाईदिन्छ सरकारले । त्यसैले नागरिक सचेतना आजको प्रमुख दायित्व हो । आफू बाचौं र अरुलाई बचाऔंको नीति अवलम्बन गर्दै कोरोना बिरुद्धको लडाईमा घरभित्रै बसेर संघर्ष गर्नुपर्छ ।

आफूपनि घरभित्रै बसौं र आफन्त तथा अन्य सबैलाई घरभित्रै बस्न आग्रह गरौं । जति मान्छेसंग संसर्ग हुन्छ कोरोनाको संक्रमण त्यति नै बढ्ने डर हुन्छ । सकारात्मक सोचौं, सहि कर्म गरौं । मनमा त्रास नराखौं, घरभित्रैबाट कोरोना बिरुद्ध लडनेहरु सधैं सुरक्षित रहन्छन ।

prabhu mahalaxmi
kumari bank
kumari