किटनाषक औषधि छर्किदै काठमाडौं महानगरपालिका
आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार
काठमाडौं । काठमाडौं महानगरपालिकाले बढी भीडभाड हुने मुख्य सडकहरूमा गत बुधबार देखि कीटनाशक औषधि छर्किन सुरु गरेको हो ।
अहिले ३ वटा जेट मेशिनले महानगरका ठाउँ ठाउँमा क्लोरिन वाटर छर्किरहेको छ । जेट मेशिनमा ४० हजार लिटर पानी हुन्छ, जसमा १४० लिटर क्लोरिन मिसाइएको हुन्छ ।
वातावरणमा भएका कीटाणु मार्न क्लोरिनको छर्किनु परेको मेयर बिद्यासुन्दर शाक्य बताउँछन् । यो मेशिनले अगाडि र पछाडि दुवैतिरबाट पानी छर्किन्छ ।
यही मेशिनबाट कीटानाशक औषधि छर्किन भ्याई नभ्याई छ । ‘बेलामा खानसमेत भ्याइदैन’ काममै रहेका बेला थोरै समय निकालेर खान खान जाने गरेको बताए । ‘बिहानदेखि बेलुकासम्म भ्याई नभ्याई छ ।’ शाक्यले भने ।