citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ढल्केवर–मुजफ्फरपुर प्रशारण लाइनको गाठो फुक्ने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदान–प्रदानका लागि ४ सय केभी ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनमा देखिएको प्राविधिक अड्चन फुकाउन भारत सहमत भएको पाइएको छ।

दुई देशका सहसचिवस्तरीय संयुक्त प्राविधिक समूह (जेटीटी) को भर्चुअल बैठकले गत माघ ३ गते सोमबार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट अधिकतम ६ सय मेगावाटसम्म बिजुली आदान(प्रदान गर्न सकिने सहमति गरेको बताइएको छ।

यसअघि भारतले यो प्रसारणलाइनबाट ३ सय ५० मेगावाट बिजुली मात्रै प्रवाह गर्नसकिने गरी अनुमति दिएको थियो।

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको अधिकतम उपयोग हुनुपर्ने विषयमा नेपालले भारतलाई सहमत गराउन सहमत भएको छ। यसअघि ३ सय ५० मेगावाट आयातको मात्रै कुरा भएको थियो।

तर अहिले यो प्रसारणलाइन निर्यातका लागि पनि भएकाले ६ सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सम्झौता गरौं भन्ने प्रस्ताव नेपालले राख्यो र भारतीय पक्षले त्यसलाई स्विकारेको अवस्था छ।

जेटीटी बैठकमा उत्पादन र प्रसारणतर्फका पूर्वाधार आयोजनाको अवस्था र सम्भाव्य सहकार्यको योजनाबारे पनि छलफल भएको बताइएको छ।

४५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना खिम्ती–ढल्केबर प्रसारणलाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिएको र ४ सय केभी इनरुवा–हेटौंडा प्रसारणलाइन बनिनसकेको अवस्था लगायत विषयलाई दृष्टिगत गरेर हाललाई दुवैतर्फ ६ सय मेगावाटसम्म बिजुली प्रवाह गर्न अनुमति दिन भारत सहमत भएको बताइएको छ।

१३२ केभी क्षमताका न्यु नौतनवा(मनहिया र नानपारा(कोहलपुर प्रसारणलाइन निर्माणका लागि पहल गर्नेबारे पनि छलफल भएको थियो। यसअघि नेपालले भारतसँग ढल्केबर–मुजफ्फरपुर लाइनबाट विद्युत् प्रसारणका लागि अनुमति माग्दा ३१५ एमभीए क्षमताको एउटा लाइन चार्ज भएको थिएन ।

जसका कारण भारतले ३५० मेगावाट बिजुली मात्रै प्रवाह गर्न अनुमति दिएको थियो। तर यसको क्षमता बढाउनुपर्ने भन्दै नेपालले बारम्बार भारतलाई प्रस्ताव राखि आग्रह गर्दै आएको थियो।

गत २०७८ कात्तिक ३० (सन २०२१ नोभेम्बर १६) मा ऊर्जा सचिव देवेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारलाई भेटेर ‘एन माइनस वान’को प्रावधान हटाउनुपर्ने भन्दै त्यसका लागि पहल गर्न आग्रह गरेका थिए।

एन माइनस वान भन्नाले सबस्टेसन र प्रसारणलाइनको कुनै एक युनिट अथवा लाइन बिग्रिएको अवस्थामा बाँकी युनिट वा लाइनबाट बिजुली प्रवाह गर्न सक्ने क्षमतालाई बुझाउछ।

ढल्केबर–मुजफ्फरपुरमा ४००/२२० केभीमा ३१५ एमभीए क्षमताका ३ वटा, २२०/१३२ केभीमा १६० एमभीएका २ वटा र ३१५ एमभीए क्षमताका समान २ युनिट छन्। यसले ९ सय ५० मेगावाटसम्म बिजुली आदान(प्रदान गर्न सक्ने क्षमता राख्ने बुझिन आएको छ।

कुनै एक युनिट वा लाइन बिग्रिएको अवस्थामा पनि ६ सय मेगावाट प्रवाह हुन सक्ने भएकाले सोही बराबर अनुमति दिने प्रस्ताव नेपालले भारतलाई राख्दै आएको थियो।

himalayan life insurance
igi long