हिन्दू स्वयंसेवक संघद्वारा माक्स वितरण

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार
काठमाडौ । आज चैत १६गते बिहान ८ बजे हिन्दु स्वयंसेवक संस्थाले गोकर्णेश्वर नगरपालिकाको १ नम्वर विपी चोकमा ४०० सामान्य माक्स वितरण गरेको छ ।
१ न वडा अध्यक्ष राम मानन्धरले माक्स वितरणको शुरुवात गर्नु भएको थियो । करिव ६०-७० जना स्थानीय व्यक्तिहरूले माक्स लिएका छन् । हिन्दु संस्थाका अध्यक्ष पूर्व डीआईजी कल्याण कुमार तिमल्सिना रहेका छन् ।