citizens life insurance long ad
stcnepal long ad

माघ १५ गतेसम्म विद्यालय बन्द

माघ ३ गतेबाट भेला र जमघट हुन रोक लगाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएकोले सरकारले अन्य क्षेत्रभन्दा पहिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। हिजो पुस २५ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्द निर्णय गर्दै यसले संक्रमणको चेनब्रेक गर्ने अपेक्षा राखेको छ।

अहिले कतिपय विद्यालयमा हिउँदे बिदा पनि जारी रहेको छ। उक्त बिदालाई माघ १५ गतेसम्म लम्ब्याउने निर्णय बैठकले गरेको छ।

यो निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिएको बताइएको छ। सोही बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर ‘स्मार्ट लकडाउन’ गर्न सक्ने निर्णय पनि गरेको छ।

यसैगरी बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ । ‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने’, बैठकको निर्णयमा भनिएको छ ।

बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ। नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ।

त्यस्तै होटेल, रेस्टुराँ, सिनेमा हल, रंगशाला, हवाईयात्रा र पार्कमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको भ्याक्सिन लगाएको कार्ड (मोबाइल खिचेको भए पनि हुने)  देखाउनु पर्ने निर्णय बैठकले गरेको छ। यो निर्णय यही माघ ३ गतेदेखि लागू हुने भएको छ।

IME Life
kumari