फेरि लकडाउन हुनु हुन्न भन्ने पक्षमा म छु- अर्थ मन्त्री शर्मा
काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले फेरि लकडाउन हुन नहुने पक्षमा आफू रहेकाे बताएका छन्। कोरोना संक्रमण बढ्न थालेपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएससीसी) ले सरकारलाई देशभर विद्यालय बन्दसहितका १३ बुँदे सिफारिस दिएको भोलिपल्टै अर्थ मन्त्री शर्माले मुलुकमा फेरि लकडाउन हुन नहुने धारणा राखेका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थ मन्त्री शर्माले अब फेरि लकडाउन भयो भने अर्थतन्त्रले थेग्न नसक्ने पनि स्पष्ट पारेका छन। ‘त्यसैले अब फेरि लकडाउन गर्न हुँदैन’, उनले भने। अर्थ मन्त्री शर्माले माघ महिनाभरिमा तरलता समस्या समाधान हुने पनि बताएका छन।
‘तरलतामा देखिएको संकट समाधानका लागि प्रक्रिया अगाडि बढाइएको छ’, उनले बताए।


























