citizens life insurance long ad
stcnepal long ad

कोभिड–१९ को बुस्टर खोप दिने कार्यक्रम स्थगित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोभिड–१९ विरुद्धको खोपको थप मात्रा दिने अभियान स्थगित भएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रम स्थगित गरिएको जानकारी गराएको हो।

‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रूतगतिमा सञ्चालन गर्न आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले थप प्राविधिक विषय छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ।’

सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनेर सोमबार सूचना जारी गरेको थियो।

IME Life
kumari