अवैध लागूऔषध सहित पक्राउ

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार
काठमाडौँ ।बुढानिलकण्ठ नगरपालिका-११ कपन पैयुँटारबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उदयपुर बेलका नगरपालिका-१ घर भई हाल काठमाडौं चाबहिल बस्ने अरुण खड्का र दाङ घर भई हाल ललितपुर एकान्तकुना बस्ने सबल केसी रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरि सिरहा, मिर्चैया नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर करिब ४ ग्राम र नगद १५ हजार १ सय ३० रुपैयाँ सहित नरहा गाउँपालिका-३ बस्ने सुन्दर कुमार सिंहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले स.२ प ९२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।