stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्याङ्क लिंदै काठमाडौँ महानगर, ३२ वटै वडालाई पत्राचार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोभिड–१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो ।

नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले कामपाले तथ्याङ्क लिनका लागि ३२ वटै वडा कार्यालयलाई पत्राचार गरिसकेको छ । कामपाको प्रशासन विभाग प्रमुख नवराज ढकालले वडाध्यक्षलाई पठाएको पत्रमा वडाबाट सम्पादन हुँदै आएको फोहरमैला व्यवस्थापन कार्य प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।

त्यसैगरी आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमितरूपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान आपूर्ति गर्ने कार्यक्रममा प्रहरीको समेत सहयोग लिई सहजीकरण गर्ने उल्लेख छ ।

“आफ्नो वडाअन्तर्गत दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा सडकमा बस्ने घरवारविहीन मानिसलाई लक्षित गरी कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि वडामा जम्मा भएको रकमबाट खर्च व्यहोर्ने गरी आवश्यक राहत सहयोग उपलब्ध गराउने”, पत्रमा भनिएको छ, “वडामा अतिविपन्न र छ महिनादेखि वडा क्षेत्रमा बसोबास गर्दै आएका श्रमिक कामदारको विवरण सङ्कलन गरी कामपा प्रशासन विभागमा बुझाउने”, भनिएको छ ।

कामपाको गत चैत ६ गतेको विषेश बैठकले रु १० करोडको कोष स्थापना गरी कोभिड–१९ रोकथाम र नियन्त्रणको काममा तत्काल खर्च गर्ने गरी साना, मझौला र ठूला वडा कार्यालयलाई क्रमश २, ३ र ४ लाख निकाशा गरिसकेको छ ।

prabhu mahalaxmi
kumari