stcnepal long ad
global ime bank long

भारतीय राजदूतावासद्वारा विश्व हिन्दी दिवस मनाइयो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । काठमाडौ स्थित भारतीय राजदूतावास तथा त्रिभुवन विश्वविद्यालय अन्र्तगतको हिन्दी केन्द्रीय विभागले संयुक्त रुपमा २०७६ पौष २५ गते होटल याक एण्ड यतीमा विश्व हिन्दी दिवस मनायो । उक्त समारोहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले प्रमुख अतिथिको रुपमा उपस्थित भई कार्यक्रमको शोभा बढाउनु भएको थियो । सो अवसरमा कार्यभार राजदूत डा. अजय कुमारले भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाउनु भएको थियो । उक्त समारोहमा हिन्दी केन्द्रीय विभागको शोध पत्रिका ‘साहित्यलोक’ को विशेषाङ्कको लोकार्पण गरिएको थियो । वी.पी. कोइराला भारत–नेपाल फाउन्डेसन, भारतीय राजदूतावास, काठमाडौंको सहयोगमा प्रकाशित दुई हिन्दी तथा दुई नेपाली पुस्तकको पनि सोही कार्यक्रममा लोकार्पण गरिएको थियो । ती पुस्तकहरुमा हिन्दी केन्द्रीय विभागका विद्यार्थीहरुद्वारा नेपालीमा अनुवाद गरिएका विश्व प्रसिद्ध हिन्दी कथाकार प्रेमचन्दद्वारा लिखित पाँच प्रसिद्व कथाहरु एवम् नेपालीमै अनुवाद गरिएको स्वामी विवेकानन्दको प्रसिद्ध पुस्तक ‘कर्मयोग’ समावेश छन् । साथै हिन्दीमा अनुवाद गरिएका नेपालका राष्ट्र कवि माधवप्रसाद घिमिरेद्वारा रचित गीति नाटक ‘अश्वत्थामा’ एवम् युवा तथा नयाँ नेपाली कथाकारहरुद्वारा लेखिएका २५ आधुनिक नेपाली कथाहरुको अनुवादित सङ्ग्रह ‘उत्कृष्ट कहानियां’ को पनि लोकार्पण गरिएको थियो । यी कथाहरु बाह्रखरी मेडियाले नेपालभर आयोजना गरेको कथा लेखन प्रतियोगीताबाट छानिएका थिए ।

IME Lifesidebar
kumari