stcnepal long ad
global ime bank long

मोबाईल एप्सको मासिक कारोबार सीमा थप गरिएको

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गरिदै आएको connectIPS e-payment प्रणालीको ःMobile Application मार्फत प्रति महिना गरिने कारोवारको अधिकतम सीमालाई विद्यमान कारोवार सीमा रु.१ लाखबाट बृद्घि गरी गत पौष २१ गतेबाट लागू हुने गरी रु.२ लाख कायम गरिएको छ । नेपाल राष्ट्र बैंक द्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन‐२०७६को निर्देशन बमोजिम मासिक कारोवार सीमा थप गरिएको हो भने प्रति कारोबर सीमा रु ५० हजार नै कायम रहेको छ । connectIPS को वेबसाइट (www.connectips.com_) बाट गरिने कारोबरको सीमा प्रति कारोबर रु १० लाख र प्रति बैंक मासिक रु ५० लाख यथावत नै रहेको छ ।
connectIPS e-payment  प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याट र्फम हो जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् । उक्त प्ल्याटर्फममा सदस्य बैंकहरुका ग्राहकहरूका लागि अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी, आदिगर्न सकिने व्यवस्था रहेको छ ।
थप गरिएको कारोबार सीमाले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई बैंक खाताबाट गरिने डिजिटल भुक्तानी कारोबार गर्न थप सुविधा हुने अपेक्षा गरिएको छ ।

IME Lifesidebar
kumari