citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

राष्ट्र बैकमा गुनासो ओइरोः रेमिट्यान्स पाएनौँ, चेक क्लियरिङ भएन ?

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल  चैत्र १३, २०७६ बिहीबार

काठमाडौं । लकडाउन पछि वित्तीय क्षेत्रमा नियमित हुनुपर्ने कार्य सम्पादन हुन नसक्दा राष्ट्र बैकमा गुनासाहरू ओइरिन थालेका छन् । कोरोना भाइरसको संक्रमणबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न सरकारले चैत ११ गते सोमबारदेखि  चैत १८ गते मंगलबारसम्म देश नै लकडाउन गरेपछि बैंक तथा वित्तीय क्षेत्रले दिने सेवा नियमित हुन नसकेपछि यस्तो गुनासो आएको राष्ट्र बैंकका कायममुकाय गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

लकडाउनका कारण नियमित कार्य सम्पादनमा प्रभाव पर्न जाँदा कसैले विदेशबाट पठाएको रेमिट्यान्स घरपरिवारले पाएनन भन्ने गुनासो गरेका छन् भने कसैले एससी खोल्न नपाउँदा आयात गर्न समस्या आएको बताइरहेका छन् । कसैले चेक क्लियरिङ भएन भनिरहेका छन् भने कसैले लिक्युडीटी पुगेन भनेर गुनासो राष्ट्र बैंकमा गरिहेका छन् ।

ग्राहकको चेक क्लियरिङ नभएको गुनासो आएको छ । बैंकका कर्मचारीबाट कार्यालय जानुपरेको गुनासोदेखि कार्यालय जाँदा प्रहरीले रोकेकोसम्म गुनासो राष्ट्र बैंकका आएका छन् । सबैलाई पास मिलाउन सकिएको छैन । यस्तो अवस्थामा बैंकहरूलाई न्यूनतम बैकिङ कारोबार सञ्चालनमात्र गर भनिएको हो,’ उनले भने ‘एटीएमबाट पैसा नपाएको  गुनासो भने अहिलेसम्म आएको छैन ।’ एटीएममा राख्नका लागि भनेर लकडाउनको अघिल्लो दिन बैंकहरूले तीन अर्बभन्दा बढी रुपैयाँ लगेको समेत उनले जानकारी दिए ।

हिजो नै एउटा बैंकले लिक्युडीटी पुगेन भनेर गुनासो गर्यो । बैंकमा क्लियुडीटी कम हुँदा हर्जना लाग्ने र सो हर्जनाबाट बचाउन सुविधा दिएको कामु गभर्नर शिवाकोटीले बताए । ‘हिजो ९५ करोड रुपैयाँ राष्ट्र बैंकको खाताबाट उक्त बैंकको खातामा टान्सफर गरिएको हो,’ उनले भने ‘स्ट्याण्डर्ड लिक्युडिटी फ्यासिलिटी पाउने बैंकलाई सो सुविधा दिएका हौं ।’

‘स्ट्याण्डर्ड लिक्युडिटी फ्यासिलिटी भनेको राष्ट्र बैंकबाट बैंकले ऋण लिएर बैंकले आफ्नो खातामा पैसा जम्मा गर्ने हो । यसले बैंकको सीआरआर मेन्टेन हुन्छ र हर्जना तिर्नुपदैन । ऋणको ब्याजभन्दा सीआरआर मेन्टन नगर्दा लाग्ने हर्जना बढी भएकोले त्यो बचाउन बैंकले राष्ट्रबाट ऋण लिएर आफ्ना खातामा पैसा जम्मा गराएको हो । ‘बैंकलाई सो हर्जना नलागोस् भनेर योे सुविधा दिएका हौं,’ उनले भने ।

यी सब समस्याको समाधान गर्न राष्ट्र बैंक लागिनै रहेको छ,’ उनले भने ‘आजदेखि क्लियरिङ हाउस पनि खोल्ने व्यवस्था मिलाइएको छ ।’ आज ग्राहकको खातामा पैसा जम्मा हुन्छ ।’  हिजो चेक क्लियरिङ भएपनि आम ग्राहकको खातामा पैसा जम्मा गर्न भने नसकिएको नेपाल क्लियरिङ हाउसकी चिफ अपरेटिङ अफिसर मुन्नी राजभण्डारीले आर्थिकन्युजलाई बताइन् ।

‘हिजो राष्ट्र बैंकमा हिसाव मिलान हुन सकिरहेको थिएन, आज मिलिसक्यो ।  आजदेखि ग्राकहको खातामा पैसा जम्मा हुन्छ,’ उनले भनिन् । लकडाउनपछि  ५ सय वटामात्रै चेक आएको छ । चेक ग्राहक तथा सम्बन्धित बैंकले क्लियरिङको लागि सिष्टममा राख्ने हो,त्यो हिजो पनि रोकिएको थिएन,’ उनले थपिन् ‘ राष्ट्र बैंकले भन्सारको चेक क्लियरिङ गर्न मात्र भनेको छ तर, हामीले आएका जति सबै चेकको स्याटलमेन्ट गरेका छौ ।’

gold
himalayan life insurance long ad