ज्यालादारी गर्नेलाई राहत घोषणा होस् : देउवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल  चैत्र १३, २०७६ बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका छन्।

उनले बिहीबार सामाजिक सञ्जाल मार्फत विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गरेका हुन्।

‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्,’ उनले ट्विटरमा भनेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु।’

उनले विश्वभरी फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुनका लागि सरकारले गरेको लक डाउन उत्तम विकल्प भएको दावी गरेका छन् ।

IME Lifesidebar
kumari